समानुपातिक उम्मेदवार छान्न ठूला दललाई महाभारत


२९ आश्विन २०७४, आईतवार

काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनु पर्ने भए पनि दलहरुले अन्तिम रुप दिन सकेका छैनन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Mao Congress Uml

विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, वरिष्ठ भएर पनि डा.शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो । कांग्रेस महामन्त्री डा। शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमै गएनन् । लगातार कोइराला बैठकमा नगएपछि देउवाले शनिबार समितिमा डा।शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा। मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा बढी भएपछि कांग्रेसलाई सकस परेको छ ।

एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेस गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन ।

माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् ।‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भनिन्, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७