कांग्रेस प्रवक्ता शर्माले भने, ‘हामीलाई कसैबाट दवाव आएको छैन, एमसीसीबाट पछि हट्दैनौं’


९ फाल्गुन २०७८, सोमबार
Prakash Sharan Mahat

काठमाडौं । सत्तारुढ दल कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् ।

गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनको भनाइ छ । ‘यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ प्रवक्ता महतले भने ।

देशभर घुमेर पनि एमसीसीको पक्षमा माहोल बनाउ सम्भव नभएको उल्लेख गर्दै उनले भने, ‘धरै पटक भन्यो भने झुटो पनि सत्य हुँदो रैछ । साँचो पनि झुटो हुँदो रहेछ । हाम्रो मागअनुसार परियोजना आएको हो, हामीले निवेदन दिएको हो । त्यतिबेला माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, नारायणकाजी परराष्ट्रमन्त्री । अहिले विरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुंगो लागेको हो ।’

त्यस्तै प्रवक्ता शर्माले ‘चीनले भने जस्तो’ कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताए । उनले अगाडि भने, ‘हामीलाई कसैको दबाब आएको छैन । अमेरिकी सरकारबाट तपाईंहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौं भन्ने भएको हो । त्यो अस्वाभाविक हैन । उहाँहरूले त्यति भन्नु दबाब हैन । दायित्व नै हो । हामीले यसलाई दबाबका रुपमा लिएका छैनौं । चीनले भनेको जस्तो हामीलाई कुनै दबाब छैन । हामी कसैको दबाबमा पर्दैनौ । यो हाम्रो सार्वभौम संसद्को विषय हो । यसलाई हामी आफै निणर्यमा पुर्‍याउन सक्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७