गोकर्ण विष्टको प्रश्न : मन्त्री पद जोगाउन एमसीसीे पक्षधर हुने, बाहिर चाहिँ विपक्षमा कार्यकर्ता उराल्ने ?


१० फाल्गुन २०७८, मंगलवार
Gokarna bista

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिका-५ आँपचौरको तल्लाफाँटमा शहीद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उनले भने, ‘सत्तामै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’

उनले थपे, ‘यस्तो पनि कहीं हुन्छ ? संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहींकतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नु पर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन,’ उनले थपे । आफ्नो पार्टी एमालेको तर्फबाट भने एमसीसीका बारेमा उनले धारणा खुलस्त पार्न सकेनन् । उनले भने, ‘एमसीसी लगायतका मुद्दामा नेकपा एमालेले राष्ट्र र जनताको हितमा निणर्य लिने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७