रुसी कदमलाई सिरियाको समर्थन


१० फाल्गुन २०७८, मंगलवार
Bashar al Assad 0121645519068

काठमाडौं । सिरियाली राष्ट्रपति बशर अल-असदले युक्रेनबाट छुट्टिएको दोनेत्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिने बताएका छन् ।

एक रुसी सांसदले सिरियन राष्ट्रपति असदले रुसी कदमलाई मान्यता दिने बताएको समाचार संस्था आरआइए नोभोस्तीलाई बताए । ‘मैले सिरियाका राष्ट्रपति बशर अल-असदसँग डोनबासको अवस्थाको बारेमा कुराकानी गरें’, रुसी र सिरियाली संसद्बीचको सम्बन्धको समन्वय गर्ने दिमित्री साब्लीनले भने ।

सिरियाली राष्ट्रपतिले सन् २००८ मा भएको रुसी-जर्जियाली युद्धपछि जर्जियाबाट छुट्टिएका ओसेटिया र अब्खाजियालाई मान्यता दिए जसरी दोनेत्स्क र लुहान्स्कलाई पनि मान्यता दिन तयार रहेको बताएको साब्लीले बताए । अलजजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७