५३ देशमा लागू भइसकेको एमसीसीका कारण नेपाल रणभूमि बन्छ भन्नु बेकार : मिनेन्द्र रिजाल

‘धेरै जितें नभन्नोस्, व्याख्यात्मक घोषणा भनिए पनि एमसीसीमा कुनै परिवर्तन हुँदैन’


१५ फाल्गुन २०७८, आईतवार
minendra rijal

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले व्याख्यात्मक घोषणा भनिए पनि एमसीसी सम्झौतामा कुनै परिवर्तन नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले जुनसुकै व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौताको बुँदा परिवर्तन नहुने स्पष्ट पारे । सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कारण प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएर व्याख्यात्मक घोषणा गर्ने भनिए पनि त्यसो नगरिने उनले बताए ।

‘कसैको मुज (जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्‍यो । जति नारा लगाए पनि यो प्रावधान परिवर्तन हुँदैन । लचकता कांग्रेसले प्रशस्त देखाएको छ’, उनले भने, ‘धेरै जितें नभन्नुहोस् । सडकमा मान्छे उचाल्नु भयो । निर्वाचनअघि राष्ट्रघाती, पछि राष्ट्रवादी भन्दै हिड्नु भयो । चीन, अमेरिका, भारत सबैबाट सहयोग लिऊँ । नारा लगाएर मात्र लोकतन्त्र बलियो हुन्न । हिजो एकसाथ सत्तामा बस्दा यो अघि बढाएको हैन ?’

एमसीसी परियोजना ५३ देशमा लागु भइसकेको, १० देशमा कार्यान्वयनको अवस्थामा रहेको र १२ देशमा विकसित हुँदै गएको तथा दुई देशमा बन्द गरिएको भन्दै उनले नेपालमा मात्र यो लागु भएको जस्तो गरेर गलत बहस भइरहेको उल्लेख गरे ।
‘हामी झगडा गर्छौ, यस्तो सहायता लिन्नौं भन्छौं, यो मागेको प्रोजेक्ट हो, यो आयो भने अमेरिकी कानुन लागु हुन्छ भनेर बहस र प्रचर गरिरहेका छौं । यो सब बेकारको प्रचार हो’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७