रोमानियामा हराएको लडाकु विमानको खोजीमा जुटेको हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु


१९ फाल्गुन २०७८, बिहीबार
thumbs b c df7f51efd52bdf8ada0fd48a7b91d49d

काठमाडौं । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ ।

IAR 330 Puma हेलिकप्टर,MiG 21 Lancer जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०-४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो । ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहेको छ ।

विमानले यस क्षेत्रमा हवाई गस्ती मिसन सञ्चालन गरिरहेको थियो तर कन्ट्रोल टावरसँग २० : ०३ मा रेडियो सम्पर्क गुमायो । मिग र यसको पाइलटको बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । खोज तथा उद्धार कार्य अझै जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७