महालक्ष्मी विकास बैंकले प्रहरी कार्यालयलाई दियो विद्युतीय खानेपानी मेशिन


२३ फाल्गुन २०७८, सोमबार
Image

काठमाडौं , २३ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यवस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ ।

एक विशेष कार्यक्रमका बी सो प्लान्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । स्वस्थ जीवनयापनका लागि शुद्ध खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७