बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य


२ चैत्र २०७८, बुधबार
MOU with Heifer Picture 3

काठमाडौं,२ चैत । बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ ।

बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा। शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । बैंकले ९७ शाखा, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७