सिभिल बैंकको नयाँ शाखा रुम्जाटारमा


२ चैत्र २०७८, बुधबार
Image 1 r7YTqaGJy1 1

काठमाडौं, ३० फागुन । सिभिल बैंकले ओखलढुङ्गा सिद्घिचरण नगरपालिका वडा नं–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन् ।

उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्नबहादुर गुरुङको उपस्थिति थियो । साथै, कार्यक्रममा रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बहादुर बाँनिया, बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायत राजनैतिक व्यक्तित्व,उद्योगी,व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न सक्छन् । बैंकले देशभर ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर, ९७ एटिएमहरु मार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७