बसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)


३ चैत्र २०७८, बिहीबार
4 3 scaled

काठमाडौं, ३ चैत । आज नेपालको पहाडी भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ।

काठमाडौंसहित विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। काठमाडौंको बसन्तपुरमा होली कार्यक्रम आयोजना गरी होली मनाइएको छ। रङहरुको पर्व फागुपूर्णिमा (होली) बिहिबार नेपालको पहाडी जिल्लामा हर्षोल्लास पूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भोलि शुक्रबार मनाइनेछ ।

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। यसैक्रममा राजधानीको बसन्तपुरमा एकापसमा रङ र लोला खेलेर होली मनाइएको छ। फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

holi basantapur 4

युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

हेर्नुस् तस्बिरहरू

holi 1
holi basantapur 19
holi 9
holi basantapur 1
holi basantapur 18
holi basantapur 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७