पल शाहविरुद्ध १४ वर्ष कैद र चार लाख जरिवाना माग गर्दै नवलपुर अदालतमा मुद्दा


३ चैत्र २०७८, बिहीबार
paul shaha tuToDdAo8l

नवलपरासी । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर भएको छ । एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । सरकारी वकिलको कार्यालयले पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ । नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा अनुसन्धान सकेर बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता गरेको हो । नवलपुरमा फागुन ६ गते भित्रमा मुद्दा दर्ता गर्नै पर्ने समयसीमा थियो ।

घटनाको एक वर्ष पूरा हुने भएपछि बिहिबार नै मुद्दा दर्ता भएको हो । उनलाई हदैसम्मको सजाय माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । यस्तै, पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ । यसैगरी बलात्कारको अभियोगमा १२ देखि १४ वर्ष कैद माग गरिएको छ । यौन हिंसामा ४ लाख रुपैयाँ क्षतिपूर्ति माग समेत गरिएको छ ।

नाबालिग बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । पीडित नाबालिग १६ वर्षमुनिको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनी १५ वर्ष ८ महिना ४ दिनको मात्रै भएको अभियोजन पत्रमा उल्लेख छ । पीडितको शारीरिक परीक्षण, होटलमा बसेको दर्ता फाइल र होटल सञ्चालकको बयानबाट बलात्कार पुष्टि भएको दाबी गरिएको छ ।

उनीविरुद्ध तनहुँमा पनि जाहेरी परेको छ । त्यहाँ भने हद म्याद रहेकाले अनुसन्धान सकिएको छैन । शाह तनहुँ प्रहरीको हिरासतमा हुँदै नवलपुरमा पुर्पक्ष बहस हुने भएको छ । दुवैतिर एकसाथ मुद्दा चल्ने भएकाले नवलपुर अदालतमा अभियुक्तलाई पेश नगरिने भएको हो । तनहुँमा पनि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७