वसन्तपुरको गद्दी बैठक आजदेखि साधारणका लागि खुल्दै, के-के हेर्न पाइन्छ ?


१५ चैत्र २०७८, मंगलवार
Gaddi baithak4

काठमाडौं । काठमाडौंको वसन्तपुरमा रहेको गद्दी बैठक आज (मंगलबार) देखि साधारण नागरिकका लागि खुला गरिंदै छ । दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् ।

२०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठक पुनर्निर्माणपछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो । गद्दी बैठक खुला गरेपछि त्यहाँ रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले जानकारी दिए ।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ साल असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठकको उद्घाटन गरेका थिए ।

पुनर्निर्माण सके पनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले प्रवेश खुला गर्न केही ढिलाइ भएको थियो । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो, जहाँ विदेशी राष्ट्रध्यक्षहरुको स्वागतमा विशेष समारोह गरिन्थ्यो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७