पन्त, सिंह र धानुक एआजीमा बढुवा, आईजीपीका प्रतिस्पर्धी थपिए

गोरखापत्रको महाप्रबन्धकमा लाल


१७ चैत्र २०७८, बिहीबार
aig kZrFTpKk6e

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीहरू एआईजीमा बढुवा भएका छन् । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा समितिको बैठकले उनीहरूलाई नै एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध तीन डीआईजीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निणर्य सदर गरेपछि सरकारलाई एआईजी बढुवा गर्ने बाटो खुलेको थियो ।

यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । बढुवा भएका पन्त आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । उनी आईजीपीसँगै अवकाशमा जानेछन् । उनीबाहेक सिंह र धानुक आईजीपीका वैकल्पिक हुन् । उनका ब्याची विश्वराज पोखरेल र सहकुल थापा हाल एआईजी छन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनका ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अरू डीआईजीहरूले पनि अवकाश पाउने छन् । आईजीपीका ब्याची एआईजीहरू अवकाशमा जाने भएपछि प्रहरीको भावी नेतृत्वका लागि एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै अब धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रहरीमा नयाँ बन्ने आईजीपीले नै आउँदो निर्वाचनको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् । सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्ति गर्ने गर्छ । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहन्छ ।
गोरखापत्रको महाप्रबन्धकमा लाल
यस्तै गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निणर्य गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७