युक्रेन युद्धबारे डोनाल्ड ट्रम्प : बाइडेनलाई दोष, पुटिनको प्रशंसा


१८ चैत्र २०७८, शुक्रबार
trump

वासिङटन । रुसले युक्रेनमा आक्रमण गरेको विषयलाई लिएर अमेरिकी जनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति व्यापक असहमति प्रकट गरिरहेका बेला पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी नेताको युद्धसम्मको कदमको सकारात्मक ढंगले मुल्याङ्कन गर्न खोजेका छन् ।

बुधबार जारी गरिएको एक विज्ञप्तिमा ट्रम्पले पुटिनको सैनिक रणनीतिलाई आफूले ‘बुद्धिमानी’ भनेको भनी प्रचार प्रसार गरेको विषयमा स्पष्ट पारेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले पुटिनलाई ‘बुद्धिमान’ को संज्ञा दिए भन्ने झुठो खबर फैलाइयो । वास्तवमा मैले युद्ध सुरु हुनु अघि युक्रेनी सीमा क्षेत्रमा सेना तैनाथ गरिनुलाई ‘बुद्धिमानी’ भनेको थिएँ । किनभने मैले रुससँग सजिलैसँग आफूले महत्वपूर्ण वार्ता गर्न सकिने सोचेको थिएँ ।’

सन् २०२४ मा पुनः अमेरिकी राष्ट्रपतीय चुनावी मैदानमा उत्रिने देखिएका ट्रम्पले पश्चिमी चाहनालाई कमजोर पार्नेगरी सैनिक द्वन्द्वको स्थिति निम्ताउने पुटिनको आफूले किन तारिफ गरेको भन्नेबारे केही पनि बताएको छैन ।

आफूले पुटिनको नियत बुझ्न नसकेको तथ्य पन्छाउने क्रममा पुटिनले युद्ध सुरु हुनुको पछाडि राष्ट्रपति जो बाइडनेको सरकारलाई दोष थोपरेका छन् । उनले बाइडेन सरकारको कमजोर विदेश नीतिलाई सम्बोधन गर्ने क्रममा दुःखद र दुर्भाग्यवश पुटिन अलि टाढै पुगेको प्रतिक्रिया व्यक्त गरेका छन् । याहु न्युजबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७