मतपत्र छपाइ आजबाट : एक करोड ९४ लाख मतपत्र छापिने

काठमाडौंको मतपत्र ५६ लहरको, सबै भन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने


२१ चैत्र २०७८, सोमबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म एक लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले अब सक्कली मतपत्रको छपाइ कार्य शुरु हुने बताएका हुन् । प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्ने समेत बताए ।

दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले शुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उनले जानकारी दिए । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए । ‘मनाङ, हुम्ला, जुम्ला जस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ’’ प्रवक्ता पौडेलले भने ।

काठमाडौंको मतपत्र ५६ लहरको, सबै भन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने
स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा छपाइ कार्य हुने बताए ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ’, उनले भने । एक लाख ८० हजार थान नमुना मतपत्र भने छपाइ सकिएको उनले बताए । दुर्गम जान धेरै समय लाग्ने भएकाले दुर्गम जिल्लाको मतपत्र पहिले छापिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७