एथ्लेटिको मड्रिडमाथि म्यानचेस्टर सिटीको जित


२३ चैत्र २०७८, बुधबार
Man city athletico madrid YrTqOnRA8d

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले एथ्लेटिको मड्रिडमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।

मंगलबार भएको खेलको ७० औं मिनेटमा म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुयनले गरेको गोल नै निर्णायक साबित भयो । आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले महत्वपूर्ण अग्रता हात पारेको हो ।

यी दुई टोलीबीचको क्वार्टर फाइनलको दोस्रो खेल अप्रिल १४ मा एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुनेछ । उक्त खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७