सिटी एक्सप्रेस र जलसानको सहकार्यमा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न


२४ चैत्र २०७८, बिहीबार
city

काठमाडौं, चैत २४ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले मंगलबार जापानिज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान)सँगको सहकार्यमा ुविद्यार्थी मिट २०२२ु कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा जलसानसँग आवद्य ४० भन्दा बढी शैक्षिक परामर्शहरू मार्फत जापान जान लागेका दुई सयन्दा बढि विद्यार्थीको सहभागीता थियो।

सोही कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरूलाई जापानी संस्कृतीबारे जानकारी दिए। साथै, जापान पुगे पश्चात आफूले मिहेनत गरेर कमाएको पैसा बैंकिङ च्यानल मार्फत मात्र पठाउन उत्प्रेरित गरे।

कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई सिटी आयो पुरस्कार ल्यायोु योजना अन्तर्गत दश हजार रुपैयाँ पुरस्कार विद्युतीय लक्की ड्र प्रविधिमार्फत विजेता घोषणा पनि गरिएको थियो।


सिटी एक्सप्रेसले जलसानसँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरूको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दैछ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७