जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान


२८ चैत्र २०७८, सोमबार
120799843 gettyimages 1139135101koj2019


काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लागेका हुन् ।

यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गरेको बताएको छ ।

उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्धितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिएका छन् । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ । राजा उपचार गरेर नफर्किदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उनलाई सपथ गराएको हो । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७