यसकारण रोकियो एन्फा निर्वाचन


११ चैत्र २०७४, आईतवार
ANFA Logo

काठमाडौं, ११ चैत : अखिल नेपाल फुटवल संघ (एन्फा) को बुधबार हुने भनिएको साधारण सभा र निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतले चुनाव रोक्न आदेश दिएपछि एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ ।ANFA Logo

मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा पाटन उच्च अदालतले एन्फालाई १४ गतेका लागि तय गरेको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । एन्फाले मकवानपुरको समितिलाई एन्फाले मान्यता दिएको छैन। पाटन उच्च अदालतले बिहीबार मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । एन्फामा मणि कुँवर र कर्माछिरिङ शेर्पाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७