२१ करोड ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा


२६ बैशाख २०७९, सोमबार
ichha raj tamang CTC

काठमाडौं । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया शुरु गरेको हो ।

सिभिल स्टेटसको नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न सोमबार सूचना निकालेको छ । काठमाडौ महानगरपालिका-११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो । मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटसको नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७