भोजपुर साल्पासिलिछो–४ मा नेपाली कांग्रेसका सञ्जय राईको प्यानलै विजयी


१ जेष्ठ २०७९, आईतवार
sanjaya rai

भोजपुर, १ जेठ । साल्पासिलिछो गाउँपालिका वडा नं. ४मा नेपाली कांग्रेसको सञ्जय राईको प्यानलै विजयी भएका छन । उनले ३३६ मत ल्याएर विजयी भएका हुन । उनका निकटत्तम प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र)का लंका राईले २८८ मत ल्याए । यस्तै नेकपा एमालेका फुर्वा शेर्पाले १६२ मत प्राप्त गरे ।

महिला वडा सदस्य नेपाली कांग्रेसको निमादिकी शेर्पा ३१६ मत ल्याएर विजयी भईन् । उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रका मदन कुमारी राईले २३४ र नेकपा एमालेका इश्वरी राईले २०८ मत ल्याइन् ।

दलित महिला वडा सदस्य देशमाया दर्जी ३२३ मत ल्याएर विजयी भईन् भने माओवादी केन्द्रका मधु कुमारी विश्वकर्माले २४५ र नेकपा एमाले मन कुमारी विश्वकर्र्माले १८० मत ल्याइन् ।

यसैगरी खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका लोकेन्द्र राईले ३१४ र माधव तामाङले ३१४ मत ल्याएर विजयी भए । उनीहरुको प्रतिद्धन्द्धी नेकपा एमालेले उत्तम राईले २१७ र माओवादी केन्द्रका पासाङ दावा शेर्पाले २३५ मत ल्याए । भने नेकपा एमालेका खगेन्द्र राईले २३७ मत र माओवादी केन्द्रका पृती कुमार राईले २२४ मत प्राप्त गरे ।

यसअघि वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसको गणेश बुढाथोकी र बिनोद राई निर्वाचित भइसकेको छन् । वडा नम्बर २ नेकपा एमालेको गणेश खत्री विजयी भएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७