मालारानीमा अध्यक्ष-उपाध्यक्षमै एमाले विजयी


३ जेष्ठ २०७९, मंगलवार
malarani

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विजयी भएका छन् । एमालेका दलबहादुर भट्टराईले गठबन्धनका पदम क्षेत्रीलाई र उपाध्यक्षमा एमालेकी दिपा प्रोखरेलले गठबन्धनका शोभाकर खनाललाइ पराजित गरेका हुन् ।

अध्यक्षका उम्मेद्वार भट्टराईले ८,२८३ मत, क्षेत्रीले ६,७२६ मत प्राप्त गरे भने उपाध्यक्षमा प्रोखरेलले ८,१५५ मत प्राप्त गर्दा गठबन्धनका खनालले ६,६५७ मत प्राप्त गरेका छन् । ९ वडामध्ये ७ वडामा एमाले र दुई वडामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७