गगन थापाको प्रमुख आधार क्षेत्र बूढानीलकण्ठमा मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा एमालेकाे जित


४ जेष्ठ २०७९, बुधबार
CPN UML

काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ ।

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ ।

उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी भइन् । उनले १४ हजार ३ सय १४ मत प्राप्त गरिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।

नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् ।

बूढानीलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आधार क्षेत्र हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७