काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता


५ जेष्ठ २०७९, बिहीबार
balen shah

काठमाडौं । केही समयअघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९,५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् ।

उनले २० हजार २०१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १० हजार ६३८ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले ९,८७७ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६४४ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६,३०१ मत प्राप्त गरेका छन् । हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७