भरतपुरमा रेनुलाई ३,१२६ मतको अग्रता


५ जेष्ठ २०७९, बिहीबार
Renu bijaya jaganath

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ३,१२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,४०३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले ९,९६१ मत प्राप्त गरेकी छन् । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७