चुनावी सरकारले आर्थिक बोझ थप्ने ‘पपुलिस्ट’ कार्यक्रम ल्याउन मिल्दैन : विष्णु पौडेल


१४ जेष्ठ २०७९, शनिबार
Bishnu Pradas Paudel
Finance Minister Bishnu Prasad Paudel speaking at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको टिप्पणी गरेका छन् ।

उनले इतिहासकै कमजोर, मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन रहेको बताए । आगामी वर्षको कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट नभएको बताएका छन् । उनले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोलि आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् ।

नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताएका छन् । उनले सामान्य अर्थतन्त्रको जस्तै गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए । ब्यालेन्स अफ पेमेन्टको विषयमा, वैदेशिक लगानी भित्र्याउने विषयमा तत्परता नरहेको बताएका छन् । उनले आत्मनिर्भर अर्थतन्त्र, आर्थिक वृद्धि बढाउने कार्यक्रम नै नरहेको बताएका छन् । मेक इन नेपाल र मेड इन नेपाललाई गोलमोटम रुपमा प्रस्तुत गरेको उनको आरोप छ ।

पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७