मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा


२६ असार २०७९, आईतवार
mahendra ray yadav 2 v9olg9vCUM

काठमाडौँ । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ ।

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले भोलि फर्काइ दिन्छु भन्दै टार्ने गरेका छन् ।

पछिल्लो पटक कृषि तथा पशुपंक्षी मन्त्री पदबाट विदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामान लिएर गएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।

आवासमा लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामान फिर्ता गर्न पत्राचार गरेको छ । मन्त्री यादवले सरकारी आवास छोडेको एक साता भइसक्दा पनि ती सामान फिर्ता गरेका छैनन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७