सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीको विभिन्न सेवामा छुट (सूचीसहित)


१५ श्रावण २०७९, आईतवार
civil bank

काठमाडौं । सिभिल बैंकले कुल ४० वटा कम्पनीको सेवामा आफ्ना ग्राहकहरुको लागि छुटको व्यवस्था भएको बताएको छ । बैंकले हालसम्म आफ्ना ग्राहकलाई अस्पताल, रेष्टुरेन्टदेसम्म छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ग्राहकलाई सो स्थानहरुमा छुटको व्यवस्था हुनेछ । कारोबार नगदरहित बनाउन विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको बैंकले जनाएको छ ।

साथै, आगामी दिनहरुमा यसको अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।

करीब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

(सूचीसहित)

Capture 9
Capture 2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७