शेयर बजार ६ अंक बढीले घट्यो, चार अर्ब दुई करोडको कारोबार


१८ श्रावण २०७९, बुधबार
share market गिरावट

काठमाडौँ । हिजो (मंगलबार) सामान्य घटेको शेयर बजार आज (बुधबार) भने ६ अंकभन्दा बढीले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज स्ट्यान्डर्ड चार्टेड बैंकको शेयर झण्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७