अस्पतालमा आगलागी : पाँचको मृत्यु, ३७ जना घाइते


२० श्रावण २०७९, शुक्रबार
korea hospital fire

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिण पूर्वमा रहेको इचेनस्थित एक अस्पताल भवनमा भएको आगलागीमा परी पाँच जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् ।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिइन् भने बाँकी एकको पहिचान हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७