अमेरिकन आइडल स्टार आर्थर गन् नेपाल आउँदै


२५ श्रावण २०७९, बुधबार
aarthar

काठमाडौंँ । सन् २०२० को अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ । आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८ औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन; जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए । उनको प्रस्तुतिलाई सबै निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायक र कलाकारहरूले समस्त कार्यक्रमभर प्रशंसा गरे । हालसम्म उनले आठ वटा गीत रहेको आफ्नो पहिलो एल्बम ग्रहण २०१८ को सुरुवातमा रिलिज गरे र अर्को एल्बम खोज, २०१९ मा म, खोज र कणर्ालीलगायतका गीतसहित जारी गरेका छन् ।

city
ncll 2

विश्वभरका दर्शकबाट अपार माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन्। टुबोर्गले ब्रेन सर्भिसिङ र एम. एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको छ । जहाँ आर्थरले नेपालका विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

jagdamba.cement
nepal liquors

होमकमिङ टुरका बारे आर्थर भन्छन्, ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुशी छु । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्गप्रति निकै धन्य छु । म सबैलाई भेट्न र यात्रामा मलाई साथ दिनु हुने सबै शुभचिन्तकका माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७