बञ्चरेडाँडामा फोहोरका गाडीलाई आज पनि अवरोध, प्रहरी परिचालन गरेर मात्र लगिने


३१ श्रावण २०७९, मंगलवार
banchare danda
जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन्

काठमाडौँ । बञ्चरेडाँडामा आज (मंगलबार) पनि बिहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । अहिले फोहोर बोकेर गाएका गाडीहरू सिसडोलसम्म पुगेका छन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धले आज नुवाकोटबाट प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्ने बताए ।

यता नेकपा माओवादी केन्द्र धुनिवेशी नगरपालिका-१, धादिङका अध्यक्ष विष्णु तामाङले फोहोरका गाडी बञ्चरेडाँडा लगे जे पनि हुन सक्ने बताएका छन् । उनले भने, ‘फोहोर बोकेका गाडीहरु अहिले सिसडोल ल्याएर राखिएको छ । आज पनि प्रहरी, प्रशासन नै राखेर फोहोर ल्याउने कुरा छ । प्रहरीले दमन गरेर फोहोर ल्याए भने जे पनि हुन सक्छ । हामी सबै स्थानीयहरू डाँडाडाँडामा गुलेली लिएर बसिरहेका छौं ।’

उनले बञ्चरेडाँडाका जनताहरू फोहोरबाट पीडित भएको १७ वर्षसम्म झुलाई रहने काम मात्र भएकाले फोहोरको समस्या सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौं, धादिङ र नुवाकोट गरी तीन जिल्लाका २५० जना प्रहरी परिचालन गरेर २०३ ट्रक फोहोर विसर्जन गरिएको थियो । फोहोरमा अवरोध गर्ने आन्दोलनमा स्थानीय सत्तारुढ दलका नेता कार्यकता पनि स्थानीयसँग एकजुट भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७