नागरिकता कसले पाएका छैनन्, कसले गैरकानुनी पाएका छन्, छानबिन गरौं : भीम रावल


२ भाद्र २०७९, बिहीबार
49 Shares
Bhim Rawal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीम रावलले नागरिकता क-कसले पाएका छैनन् र क-कसले गैरकानुनी रूपमा पाएका छन् भनेर छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले ‘भारत, बंगलादेशसहितका देशमा गरिएको अभ्यास राख्न नेपालमा किन आपत्ति ?’ भन्दै प्रश्न उठाए । उनले आफ्नो भनाइ राख्नुअघि नागरिकता सस्तो बनाइएको र सदन नै दाउमा रहेको भावमा कविता सुनाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘राष्ट्रपतिले यो विधेयक पुनर्विचारका लागि पठाउनु संवैधानिक रूपमा उचित मात्र होइन, राष्ट्रियताको रक्षाका लागि यो उहाँको दायित्व पनि हो’, सांसद रावलले भने, ‘भारत, बंगलादेशसहितले अभ्यास गरेको वैवाहिक नागरिकताका लागि हदम्याद राख्ने कुरामा किन आपत्ति हो ?’ उनले जनसंख्यामार्फत नेपालीलाई नै अल्पमतमा पार्ने राजनीतिअन्तर्गत यस्तो भइरहेको जिकिर गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७