सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ सुयोग श्रेष्ठले पाए निरन्तरता


५ भाद्र २०७९, आईतवार
sangrila development bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७