बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची फास्टफुडमा आठ प्रतिशत छुट


८ भाद्र २०७९, बुधबार
Kimchi

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा आठ प्रतिशत छुट पाउने भएका छन्।

बैंक र रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा आठ प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।

यस सम्झौतापछि ग्राहकले किम्ची रेस्टुरेन्ट, काठमाडौंमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ आठ प्रतिशत छुट पाउने बैंकले बताएको छ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ।
बैंकले हालसम्म एक सय तीन शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७