प्रभु बैंकका ग्राहकले सीता प्यालेसमा आकर्षक छुट प्राप्त गर्ने


८ भाद्र २०७९, बुधबार
prabhu and sita palace OoZ4bCXLAr

काठमाडौं । प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटलबीच ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेसका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले सीता प्यालेस होटलद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उतm सम्झौताअन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७