वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी


१६ भाद्र २०७९, बिहीबार
dhan bdr tamang
वडा अध्यक्ष धनबहादुर तामाङ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-८ बिर्तादेउरालीमा वडा कार्यालयको भवन निर्माणका क्रममा वडा अध्यक्ष धनबहादुर तामाङले अनियमितता गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डवडा अध्यक्ष तामाङविरुद्ध गत असार १९ गते आयोगमा उजुरी परेको हो ।

उजुरीमा काभ्रेपलाञ्चोक जिल्ला साविक बिर्तादेउराली गा.वि.स. हाल चौरीदेउराली गा.पा. वडा नं. ०८ बिर्तादेउरालीमा वडा कार्यालय भवन बनाउनका लागि जग्गा किन्ने काममा २०७४ साल जेठ २८ गते जग्गा धनी रमला पन्तबाट साविक पञ्चकमारी वडा नं ३, हाल चौरीदेउराली गा.पा. वडा नं. ०८ बिर्तादेउरालीको कि नं ४८० क्षेत्रफल १-०-०-०(५०८.७४ वर्ग मिटर) भएको जग्गा खरिद गरेको र सोही जग्गामा बडा कार्यालय भवन बनाउन चौरीदेउराली गाउँपालिकाबाट टेन्डर भई वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको उल्लेख गरिएको छ । तामाङ गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ६३९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त वडा कार्यालय भवन सरकारी स्वामित्व रहेको जग्गा साविक पञ्चकमारी वडा नं. ३ हाल चौरीदेउराली गा.पा वडा नं ०८, बिर्तादेउरालीको कि नं. ४८० क्षेत्रफल १-०-०-० (५०८.७४ वर्ग मिटर) भएको स्थानमा बन्नुपर्नेमा वडा अध्यक्ष धनबहादुर तामाङ, जग्गा धनि तथा वडा सदस्य (हाल गाउँकार्यपालिका सदस्य समेत रहेकी) श्रीमती रमला पन्तको मिलोमतोमा निज रमला पन्तको आफ्नै स्वामित्व तथा हकभोग रहेको साविक पञ्चकमारी वडा नं. ३, हाल चौरीदेउराली गा पा वडा नं. ०८ बिर्तादेउरालीको कि नं ४८३ क्षेत्रफल १-४-२-१ भएको जग्गामा निर्माण गरेका छन ।

city

स्थानीय नागरिक समाजका प्रतिनिधिहरुले सो विषयमा नापी कार्यालय काभे्रपलाञ्चोकबाट जारी नक्सा प्रिन्ट भिडायर स्थलगत अवलोकन गर्दा वडा कार्यालय साविक पञ्चकुमारी वडा नं. ३ हाल चौरीदेउराली गा पा वडा नं. ०८ बिर्तादेउरालीको कि.नं. ४८३ क्षेत्रफल १-४-२-१ भएको जग्गामा निर्माण भएको र सो कित्ताको जग्गा उत्तरतर्फ जग्गाधनीहरु क्रमशः साबिक पञ्चकमारी वडा नं ३, हाल चौंरीदेउराली गा.पा वडा नं ०८, बिर्तादेउरालीको कि.नं. ४४ क्षेत्रफल १३-०-२ को हेम लक्ष्मी पन्त, साबिक पञ्चकुमारी वडा नं. ३, हाल चौंरीदेउराली गा.पा वडा नं ८ बिर्तादेउरालीको कि नं. ४४ क्षेत्रफल ०-१५-०-२ ठुली तामाङ र साबिक पञ्चकुमारी वडा न ३, हाल चौरीदेउराली गा पा वडा नं. ०८, बिर्तादेउरालीको कि नं. ४६ क्षेत्रफल १-०-२-३ को चमार सिं तामाङको जग्गा तर्फ सटियर निर्माण भएको स्पष्ट रहेको छ ।

jagdamba.cement

यसरी जग्गाधनी रमला पन्तसँग वडा कार्यालयलाई जग्गा मिलाएबापत वडा अध्यक्ष धन बहादुर तामाङले वडा कार्यालयको नाममा खरिद गरिएको जग्गासँगैको साबिक पञ्चकुमारी वडा नं.३, हाल चौरीदेउराली गा.पा.वडा नं. ०८, बिर्तादेउरालीको कि.नं. ४८२ क्षेत्रफल ०-१४-०-० भएको जग्गा खरिदबिक्री लेनदेन मिलाएर कारोबार हिसाबकिताबमा मिलान गरी विना पैसामा आफ्नो नाममा पास गरेर भ्रष्टाचार गरेका छन् ।

साथै वडा सदस्य रमला पन्तले वडा कार्यालय भवन निर्माण कार्य सम्पन्नपछि यो कार्यालय भवन मेरो नितान्त निजी हकभोग रहेको साबिक पञ्चकुमारी वडा नं ३, हाल चौँरीदेउराला गा.पा वडा नं.०८, बिर्तादेउरालीको कि.नंं. ४८३ क्षेत्रफल १-४-२-१ भएको जग्गामा बनेको हो भनी सार्वजनिक रुपमा भन्दै हिँडेको र करोडौँ मूल्य बराबरको सरकारी सम्पत्ति निजी प्रयोजनमा आउने गरी जिल्ला नापी कार्यालयबाट खटिएको अमिनसहितको टोलीले कित्ताकाट गरी छुट्याइएको कि.नं. ४८० क्षेत्रफल १-०-०-० (५०८.७४ वर्ग मिटर) भएको जग्गामा भवन जानी जानी निर्माण नगरी आफ्नो निजी कि.नं. ४८३ क्षेत्रफल १-४- २-१ भाको जग्गामा निर्माण गरी करोडौँ मूल्यबराबरको सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचारमा संलग्न वडा अध्यक्ष तामाङ, चौरीदेउराली गाउँकार्यपालिका सदस्य तथा जग्गाधनी रमला पन्तलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाउन अनुरोध अख्तियारमा परेको उजुरीमा माग गरिएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७