सलमान खानलाई ५ वर्षको जेल सजाय : लिइयो हिरासतमा, सेन्ट्रल जेलमा राखिने


२२ चैत्र २०७४, बिहीबार
salman khan jail

काठमाडौं, २२ चैत (एजेन्सी) । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कृष्णसारको शिकार गरेको आरोपमा बलिउड अभिनेता सलमान खान दोषी ठहर भएका छन् । जोधपुरको एक अदालतले १९ वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै चलचित्र अभिनेता खानलाई दोषी ठहर गरेको हो ।salman khan jail
सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

वन अधिकारी ललित बोराले यस मुद्दामा जोधपुरको लूणी पुलिस थानामा १५ अक्टोबर, १९९८ मा सलमान खानको विरुद्धमा एफआईआर दर्ता गराएका थिए ।  एफआईआरका अनुसार, सलमान खानले १२ अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेका थिए ।

यस्तो थियो घटना
चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कृष्णसार मारेको आरोप लागेको थियो

साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ । सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्दा चलाइएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७