४० शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२० भाद्र २०७९, सोमबार
sanghiya mamila.

काठमाडौं । सरकारले ४० जना शाखा अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतको सरुवा गरेको हो ।

निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठूलो संख्यामा कर्मचारीको सरुवा भएको हो । भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । यसैबीच निर्वाचन आयोगले पनि सरकारले आजदेखि कर्मचारी नियुक्ति, सरुवा, बढुवासहितका काम गर्न नपाउने जनाएको छ ।

गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने आयोगले जनाएको छ ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि गत भदौ २ गते नै आयोगले निर्देशन दिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहे पूर्ति गर्न सरकारले १८ दिनको समय लिएको पनि स्पष्ट पारे ।

हेर्नुस् सूची

list
list 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७