दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुल्ने


२२ भाद्र २०७९, बुधबार
Dashain Agrim Ticket Booking New Buspark 2076 10
फाइल फोटो

काठमाडौं । दशैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्व तयारीका काम शुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिएका छन् ।

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७