चाेलेन्द्रले आरोपित गरेका सात वकिलहरुसँग महाभियोग सिफारिस समितिको छलफल शुरु


३० भाद्र २०७९, बिहीबार
mahabhiyog samitima2022 09 15 03 46 59

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक शुरु भएको छ । दुई पटकसम्म स्थगित भएर शुरु भएको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आरोपित गरेका सात कानुन व्यवसायीसँग सोधपुछ गरिने छ ।

बैठकमा १० कानुन व्यवसायी उपस्थित भए पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानमा नाम नलिएका तीन जनालाई बैठकमा बस्न दिइएन ।

बैठकमा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनाल, सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा र हरिहर दाहाल, बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वमहासचिव लिलामणी पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल उपस्थित भएका थिए ।

तर, जबराले नाम नलिएका बार अध्यक्ष घिमिरे, महाचिव खनाल र वरिष्ठ अधिवक्ता भण्डारीलाई समितिमा बस्न दिइएन । अहिले अन्य सातजनासँग सोधपुछ शुरु भएको छ । पूर्व प्रधानन्यायाधीशहरू उपस्थित नहुने भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको थियो । बैठकमा पूर्व प्रधानन्यायाधीशहरू पनि अनुपस्थित हुने भएपछि समितिको बैठक पुनः स्थगित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७