‘सभामुख गठबन्धनको ‘बफादार कार्यकर्ता’ बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी रहेन’


३१ भाद्र २०७९, शुक्रबार
ishwor pokhrel scaled
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको ‘बफादार कार्यकर्ता’ को भूमिकामा रहँदा प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो ।

संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटक-पटक दोहोर्‍याए । उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिए ।

‘यो संसदलाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरु देखा परेका छन् यसबीचमा । वास्तवमा जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘प्रतिनिधिसभालाई नेतृत्व गर्ने पात्रहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । सरकारले संसद्लाई विजनेस दिने हो । सरकार कस्तो रह्यो ? त्यसले के विजनेस दियो ? र, प्राप्त भएको ती विजनेसहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ ? त्यसमा निर्भर हुन्छ । अहिलेको सभामुख ज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा । त्यो बडो दुःखद् छ । त्यस कारण प्रतिनिधिसभाको डेलिभरी प्रभावकारी ढंगले दिन सकेन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७