प्रहरी जबराको सुरक्षाका लागि राखिएको हो, निवासबाट निस्कन नदिन होइन : एसएसपी कार्की


२ आश्विन २०७९, आईतवार
danbahadur karki2022 09 18 04 20 40

काठमाडौं। निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिइएको विषय अस्वीकार गरेका छन् ।

आज (आइतबार) सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको स्पष्ट पारेका छन् ।

सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन् । ‘सुरक्षाको विषयले प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको हो । निवासबाट सामान्य जस्तै अन्यत्र जान पाउनु हुन्छ,’ उनले भने, ‘अन्य दिनभन्दा बढी उपस्थित भएकाले रोकेको भन्ने बुझाइ हुन सक्छ । सुरक्षाको विषयमा केन्द्रित भएर प्रहरी राखिएको हो ।’
यसअघि निवासमै रोकिएको भन्ने विषयमा जबराले आक्रोशित हुँदै आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७