आफूले ल्याएको रेलमा सरर एमाले अध्यक्ष ओली {फोटो फिचर}


८ आश्विन २०७९, शनिबार
kp oli 2 1

धनुषा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका अध्यक्ष ओली तीनकौरिया चोकमा पुग्नका लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका हुन् । ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको थियो ।

जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा पूर्व प्रधानमन्त्री ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो । रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन । ओलीसहित एमालेका नेता तथा कार्यकर्ताका लागि एक सय ४२ वटा टिकेट काटिएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली धनुषा पुगेका हुन् । ओली नेतृत्वको सरकारको पालामा नेपालमा रेल भित्र्याउने काम भएको थियो । आफूले नेतृत्व गरेको सरकारको पहलमा भित्रिएको रेलमा आज पहिलोपल्ट ओलीले यात्रा गरेका हुन् ।

kp oli 3
kp oli 1 2
kp oli 2 2
kp oli 3 1
kp oli 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७