पदमुक्त सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन


९ आश्विन २०७९, आईतवार
Ganesh Timilsina VS Agni Sapkota

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले कानून बमोजिम पदमुक्त भइसकेका सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालले आफू अनुपस्थित भएको बेला व्यवस्थापन समितिको बैठक बोलाएर गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेर निर्देशन दिएका हुन्

सभामुख अग्निप्रसाद सापकोटाको कार्यावधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासिचव गौतमलाई पत्र लेखेका हुन् ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयबाट उपसचिव सुशीला आचार्यले आइतबार संसदका महासचिव डा. गौतमलाई पत्र लेखी असोज ५ गते बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यन्वयन नगर्न जानकारी गराएकी छन् ।

तर, ५ असोजमा सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद् सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरू सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो। यस्तै, सचिवालयका कार्यरत कर्मचारीको नियुक्ति तथा बढुवा अनुमोदन गरेको थियो भने अध्ययनका लागि विदेश गएका सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरू मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पनि स्वीकृत गरेको थियो।  बैठकमा अनुपस्थित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आज पत्र पठाएर महासचिवलाई त्यस्तो निर्देशन दिएका हुन्। 

Ganesh timilsina

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७