भारतमा बस दुर्घटनामा परी २५ जनाको मृत्यु


१९ आश्विन २०७९, बुधबार
17de626c c3d1 46cc b302 ae41b04d4dca hACIyXrB9U

काठमाडौं । भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २५ ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।

मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २५ ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गए राति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७