सिरहामा ढल्यो जसपाको खम्बा : केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा


१९ आश्विन २०७९, बुधबार
Screenshot 2022 10 05 13 49 38 55 a23b203fd3aafc6dcb84e438dda678b6 CsUQyayAQq

सिरहा । सिरहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएको हो ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले सामुहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने, ‘जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजीनामा गर्नुपरेको हो ।’ विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको उनले दुःख व्यक्त गरे ।

मधेसवादीको स्थापना भएको बेला बिभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बता ए। उनले भने, ‘जसपा पार्टी तानासाही पार्टी रहेकोले हामीलगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हौ ।’

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह, प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञानकुमार सिंह, वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राईलगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका हुन् ।

सामुहिक राजीनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र नः–३ (क) बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्यासी रहेको थियो । सिंहलाई ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ (क) को लागि टिकेट दिने भएकोले जसपा परित्याग गरी एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७