गृहमन्त्री खाँणको रूपन्देही ३ बाट उम्मेद्वारी दर्ता


२३ आश्विन २०७९, आईतवार
Balkrishna Khand

बुटवल । प्रतिनिधिसभा सदस्य लागि रूपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले मनोनयन दर्ता गरेका छन् ।

आइतबार भैरहवास्थित निर्वाचनका कार्यालय पुगेका खाँणले मनोनयन दर्ता गरेका हुन् । रूपन्देही ३ एमालेका घनश्याम भुसाल र राप्रपाका दीपक बोहोराको समेत निर्वाचन क्षेत्र हो । तर, टिकट नपाएपछि एमालेका भुसालले पार्टीबाट राजीनामा दिसकेका छन् ।

एमाले र राप्रपाबिच तालमेल भएर बोहोराले यसअघि मनोनयन दर्ता गरिसकेका छन् । अघिल्लो निर्वाचनमा खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७