सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता शेयर विक्री गर्ने


२६ आश्विन २०७९, बुधबार
sangrila bank

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।

यसअघि प्रचलित कानुनबमोजिम उक्त शेयर संस्थापक शेयर धनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक शेयर धनीहरुबाट खरिद आवेदन परेन । अब उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने छन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ ।

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७