देशी–विदेशीको षडयन्त्रकै कारण मेरो टिकट खोसियो : भीम रावल


२७ आश्विन २०७९, बिहीबार
Bhim Rawal

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी– विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् ।

बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीको विरोध गर्दा र विपक्षमा भोट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएको बताए ।

रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’ रावलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७